Nepali New Year 2080 Musical Evening – April 9, 2023 at Bombay Hall Banquets 2448 W Devon Ave, IL

आदरणीय शिकागो निवासि दाजुभाइ दिदि बहिनि सबैमा नमस्कार       हार्दिक शुभकामना सहित निमन्त्रणा आउंदै गरेको नेपाली नयांबर्ष २०८० को हार्दिक मंगलमय शुभकामना यस बर्षले यहाँहरु सबैमा सुखशान्ति ,सम्बृद्धि,उन्नति र प्रगति थप प्रगाढ होस भन्ने पुर्ण कामना पनि गर्दछौं | हाम्रो साझा संस्था सिकागोल्याण्ड नेपाली फ्रेण्डशीप  सोसाइटीले हरेक बर्ष सिकागोबासी नेपाली समुदायलाइ ध्यानमा राख्दै विभिन्नकार्यक्रमहरु आयोजना गरी मनोरञ्जन  प्रदान गराउनुको  साथै आफ्नो सस्कृति ,परंम्पराहरुको जगेर्ना समेत गर्दै आइरहेको छ | यस पटक पनि हाम्रो नयां बर्ष २०८० सास्कृतिक साझ को २०८० लागि लोकप्रिय गायक हेमन्त शर्मा हामी माझ आउदै हुनुहुन्छ  उहाँका धेरै चर्चित गितहरु  थाप न थाप हातैमा , नतेजाबि सुन हो माया न हो छापवाल , मुल हौ भने रसाइदेउ जस्ता सुपर हिट  गित उहाँले नै गाउनु भएको थियो  र उहाँकोसाथमा हाम्रा सदावहार स्थानिय गायक गायिका लगायत तपाईं हाम्रै बालबच्चाहरुको पनि बेजोड प्रस्तुति रहने उक्त कार्यक्रममा यहाँहरु सपरिवार उपस्थितिको  लागि हार्दिक निमन्त्रणा गर्दछौं | नयाँ वर्षको आगमन संगै संस्थाको संस्थागत विकास र सवलीकरणको र  सस्था को आर्थिक उन्नति  को लागि आर्थिकसहयोग(FUND RAISING)  अभियान संचालन गरिएको विषय यहाँ समक्ष राख्न चाहन्छौं । सामुहिक …

नेपाली मूभी जात्रै जात्रा

सधै झै सम्पूर्ण सिकागोबासी नेपाली दाजुभाई, दिदि बहिनीहरु मिली सिकागोल्याण्ड नेपाली फ्रेन्डशिप सोसाइटीले नेपाली मूभी जात्रै…