Summer Kids Soccer 2015 Kicked off

सिकागोमा बच्चाहरुको लागि फुटबल प्रसिक्षण शुरु
06.14.2015 सिकागो, एलिनोइस

स्कुले विद्यार्थीहरुको समर बिदा शुरु हुने अवसर पारेर सिकागोल्याण्ड नेपाली फ्रैन्डसिप शोसाईटिले सिकागोमा ४ देखि १२ वर्षका बच्चाहरुको लागि फुटबल [सकर] प्रसिक्षण शुरु गरेको छ. आज आयोजित उदघाटन सत्रमा संस्थाका अध्यक्ष् बेनिमाधव कंडेलले बिगतका बर्षहरुमाझैं बच्चाहरुको खेल प्रतिको लगाब बढाउन र भबिस्यमा राम्रा खेलाडी उत्पादन गर्न संस्थाले पहल गरेको र यस्ता खेल गतिविधिलाई ब्यबस्थित गर्दै लगिने बताउनुभयो. संस्थाका पूर्व सभापति खेम पाठकले  सकरको माध्यमबाट यकै ठाउँमा भेला भई खेल्दा टिम स्पिरिट बढ्ने र  बच्चाहरुको स्वास्थ राम्रो हुने बताउनु भयो. पूर्व सभापति पाठकले मुख्य प्रशिक्षक नेपालका चर्चित पूर्व फुटबल खेलाडी देव नारायण चौधरीलाई सकर बल हस्तान्तरण गर्नुभई खेलको सुरुवात गरियको थियो. सिकागोल्याण्डका करिब ४० जना बच्चाहरुलाई करिब २ महिना सम्म प्रत्येक हप्ता आइतबार मुख्य प्रशिक्षक चौधरी लगायत सहायक प्रशिक्षक बिक्रम थापा र अनिल पाण्डेले सहजीकरण गर्नुहुनेछ. समर सकर प्रसिक्षण कार्यक्रमका सम्पर्क व्यक्ति तथा ब्यबस्थापक थानेश्वर पाठकले टिममा खेल्नको लागि संस्थाले दर्ता शुल्क १० डलर तोकेको र  अभिभावकले दर्ता फर्म भरि हेल्थ इन्सुरेन्सको फोटोकपी उपलब्ध गराउनुपर्ने बताउनुभयो. आइतबार साँझ भयको उद्घाटन खेलमा खेलाडी भाइबहिनीहरुसंगै करिब ४० जना अभिभाबकहरु, संस्थाका पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो.

IMG_1937