CNFS honored Nepali National Cricketer Sharad Vesawker in Chicago

शिकागो, सेप्टेम्बर २

शिकागोल्याण्ड नेपालाी फ्रेण्डशिप सोसाइटीले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषवाकरलाई सम्मान गरेको छ । सोसाइटीले अमेरिकाको शिकागोमा एक कार्यक्रम आयोजना गरी खेलाडी भेषवाकरलाई सम्मान गरेको हो ।

हालै यहाँ स्थित सम्पन्न युनिटी कपमा डालस पंजाव लायनबाट सहभागी हुन आउनु भएका भेषवाकरको खेल अवधि भरि पनि यहाँ बसोबास गर्ने नेपालीहरुले उपस्थित भई हौसला समेत प्रदान गरेका थिए । यो खेलमा भेषवाकरको टिमले प्रथम स्थान हासिल गरेको थियो ।

विभिन्न रािष्ट्रय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न प्रतिस्पर्धाहरुमा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडी भेषवाकरलाई सोसाइटीले आज आयोजित कार्यक्रममा सम्मान गरिएको हो । उनी विश्वको टी२० ब्याट्स्म्यानहरु मध्ये ८४ औं स्थानमा रहेका छन् ।

यसका साथै भेषवाकर नेपालको क्रिकेट जगतमा अन्तराष्ट्रिय शतक गर्ने तेस्रो खेलाडी पनि हुन् । हाल उनी नेपालको राष्ट्रिय क्रिकेट टिममा आवद्ध छन् ।
सन्ध्या राई कार्की

SharadwithNepaliFriends