Charity Show : Screening Nepali Movie हातमा बत्ति लिएकि केटी (The Lady With The Lamp)

नेपाली चलचित्र उद्योग ईतिहासमा पहिलो र समावेसिताको रुपमा नौलो प्रयाशमा नेपाली कथानाक चलचित्र “LADY WITH THE LAMP” असहाय, असक्त, तथा अपांगताको अन्धकारमा रुमलिएका वालवालीकाहरुलाई मनको बत्ती बालेर खोज्दै साहारा दिने प्रयास गरिरहेकी छे सारदा नामकी मुख्य पात्रले, जो आफैमा असक्त एबम अपांगतामा घेरीएकी छे Iबाल्य कालमै एउटा खुट्टो गुमाएकी सारदा अहिले बैशाखीको साहराले हिड्डुल गर्छे I सारदा ती अपाङ्ग र असहाय वालवालीकाहरुको बिहान बेलुकाको छाक टार्नका लागि संघर्ष गरिरहन्छे I एउटा मात्र खुट्टो भएपनि नाच्न रुचाउछे I … सारदाको भूमिकामा छिन् (ONE LEG DANCER) रोमा न्यौपानेले I उदय एक दृष्टि बिहीन युवक हुन् I बाहिरी आँखा धमिलिए पनि मनका आँखाले उ संसार पढ्न सक्छ I उ दृष्टि बिहीन वालवालीकाहरुलाइ पढाउने गर्छ I सारदाले गरेको सामाजिक पबित्रकार्य प्रति उ नीकै प्रभावित हुन्छ र सारदा प्रति आधारभाव राख्दछ साथै हर बखत सहयोगमा लागि पर्छ I उदय आफु सधै कठिन अवस्थामा भएपनि सारदाको सामाजिक कार्यमा सहयोग गर्न तत्पर रहन्छ I बाहिरि संसार नदेखेपनि, सारदा र ती असहाय, असक्त, तथा अपांगता वालवालीकाहरुको सहयोगमा जुट्न उदयलाई कठिन एवं चुनौती रहेता पनि उसले कहिले हार खाएनन् I यस चलचित्रको मुख्य भूमिकामा रहेका छन् ( REAL BLIND MAN ) अरुण ढुङ्गाना जो उदय नामको पात्र हो I अरुण ढुङ्गाना सशस्त्र प्रहरी बल, नेपालका एक जिम्मेवार आधिकृत हुन् I जसले आफु कर्तब्यरत रहदा सशस्त्र द्वन्दको समयमा विधुतीय धरापमा पर्दा दुवै आँखाको दृष्टि गुमाएका थिए I तिनै सहासिक वास्तविक दृष्टि बिहीन व्यक्ति हुन् अरुण ढुङ्गाना I

सारदा र उदय यिनै दुइ प्रमुख पात्रले समाजका असहाय, असक्त, तथा अपांगहरुको हितको लागि गरेको संघर्षलाई चलचित्रको केन्द्रिय बिषय बनाइएको छ, (LADY WITH THE LAMP) हातमा बत्ती लिएकि केटी” मा I सारदाले हातमा बत्ती लिएर अंध्यारोमा रहेका असहाय, असक्त, तथा अपाङ्ग वालवालीकाहरुलाई खोज्दै साहारा दिने भावनालाई मध्यनजर गरि चलचित्रको शिर्षक तय गरिएको छ I साथै बाहिरी दृष्य देख्न नसक्ने उदयले मनको बत्ती बालेर गरेको संघर्षले पनि चलचित्रको शिर्षकलाई परिभाषित गर्दछ परिभाषित गर्दछ I

चलचित्र गीत संगीतका कारण मनोरंजान्त्मक पनि छ, बिशेषत सामाजिक शैक्षिक उदेय्श्यमा लक्षित छ I एउटा मात्र खुट्टो भएकि केटी र कत्ति पनि देख्न नसक्ने युवक ( असक्त, र अपांगहरु) ले त येति धेरै असहायलाई साहारा दिन सक्छन् भने, एउटा साङ्घ र ससक्त अनि सम्पन्न मानिसले चाहयो भने कतिलाई सहयोग र साहारा दिन सक्छन् होला? सिंगो समाजले कतिलाई साहारा दिन सक्छ होला?…. अनि पुरै राज्यले चाहनेहो भने कुनै पनि समग्र समाजको असहायतापना,असक्तता तथा दरिद्रतामा कमि ल्याउन सकिन्छ र जताततै बत्ती नै बत्ती बल्थ्यो सर्बत्र उज्यालो भई समाज रुपान्तरण हुन्थ्यो भन्ने कुराको भावनात्मक उदाहरण पनि हो यो चलचित्र I

सह निर्माता: तृष्णा श्रेष्ठ /रचना पौडेल कलाकार: रोमा न्यौपाने,अरुण ढुङ्गाना, रचना पौडेल,गरिमा वि. क., रवि गिरी,अश्मिता बस्नेत, विवेश पुरी, जुनु पुन मगर, खुम गाउले, एल.जी. खाम, रीना रिजाल, गुरु गौतम, कुलचन्द्र पुरी आदि I गीत/ संगीत/सम्पादन: रिम विश्वोकर्मा, छायांकन: दिब्य सुदेदी/पवन गौतम, द्वन्द: शंकर महर्जन, नित्य: चेत सुनुवार, गायन: मान्डावी त्रिपाठी

100% proceeds from this event will go towards Nepal Integrated Blind Development Association (NIBDA) located in Balaju, Kathmandu, Nepal. Nepal Integrated Blind Development Association (NIBDA) is an non profit making, non religious and Non Governmental Organization (NGO). It was established in 1996 AD with visioning to improve the living standard of persons with disability by providing opportunities and participate them in different integrated programs. To learn more about NIBDA please click here