Invitation for CNFS Summer BBQ -June 25 2023

                                                                                     

                                                            हार्दिक निमन्त्रणा   हार्दिक निमन्त्रणा      हार्दिक निमन्त्रणा 

सिकागोल्याण्ड नेपाली फ्रेण्डशिप सोसाइटीले (CNFS) यस वर्षको BBQ  -बार वि कियु समर पिकनिक कार्यक्रम  June 25 Sunday 2023 तारिखको दिनमा आयोजना गरिएको सन्र्दभलाई जानकारी गराउन पाउदा धेरै खुसी लागेको छ । समर सिजनको मनमोहक र आनन्दितबातावरणमा विविध कारणले सिकागोल्याडलाई कर्मथालो बनाइरहेका हामीहरुलाई एक आपसमा भेटघाट र रमाइलो गर्ने BBQ एकअवसर हो ।

यस कार्यक्रम को सयोजन सस्था को सदस्य  Gyanu Pun Magar  (312) 709-3591 ले गर्दै हुनुहुन्छ |

कार्यक्रम मा कस्तो खाले खेलकुद तथा मनोरन्जन को कार्यक्रम सम्बन्धि केहि सरसल्लाह भय कृपया नारायन खडका लाइ +1 (312) 721-5974 लाइ सम्पर्क गर्न सक्नु हुनेछ ।

CNFS द्वारा आयोजना गर्न लागेको BBQ-2023 कार्यक्रम सङ्गै बिभिन्न खेलकुद पनि आयोजना गर्न लागेको हुदा, सिकागोवासिखेलप्रेमि दाजुभाई तथा दिदिबहिनिहरुमा विषेष अनुरोध गरिएको छ । त्यस दिन हुने खेल कार्यक्रम हरु निम्न प्रकार छन-

1- Volleyball

2-Musical Chair

3-Ghaito Futai

4-Running for children

5-Football

 

1- Volleyball खेल सम्बन्धमा अहिले हामिले खेलमा केहि परिवर्तन गर्ने कोसिस गरेका छौ । हामिले पहिलेदेखि गर्दै आएको त्यसदिनव्यक्तिगत रुपमा प्रत्यक खेलाडि दर्ता गरि खेलाडि मिलायर खेलाउने गरेकोमा , अहिले खेलाडि साथिहरु माझ आपसि समन्वय गरि टिमबनायर पहिले नै टिम दर्ता गर्नुपर्नेछ । त्यसकोलागि आफ्नो सम्पर्कमा हुनुहुने साथिहरुले आपसि समन्वय गरि टिम तयार गर्नुहोला ।

-एक टिममा कम्तिमा ७ जना खेलाडि हुनुपर्ने छ ।

-टिम दर्ता  june 20 १:०० बजे भित्र गरिसक्नुपर्ने छ।

टिमको दर्ता सुल्क ।$100$ रहनेछ

2- Musical Chair- खेल्न इच्छुक ।भाईबहिनिहरु को लागि आफ्नो अभिभावक ले कार्यक्रमको दिन नाम दर्ता गराउनुहोला । दर्तानिसुल्क रहनेछ।

3- Ghaito Futai – खेल्न इच्छुकले कार्यक्रमको दिन नाम दर्ता गराउन सक्नुहुनेछ । दर्ता निसुल्क ।

4- 100 M Running (Under 12yr Boys and Girls )

5- Football- खेल सम्बन्धमा खेल्न इच्छुक खेलाडिहरु ले व्यक्तिगत रुपमा नाम दर्ता गर्नुपर्ने छ र सम्योजक खेलाडिको समन्वयमाटिम बनाई खेलाईनेछ ।

–  दर्ता सुल्क $5. प्रति व्यक्ति रहनेछ ।

-खेलाडिले आफ्नो नाम कार्यक्रम्को दिन १२:०० बजेसम्म दर्ता गरिसक्नुपर्नेछ ।

(पुनस्च- भलिबल खेलमा विजयी हुने खेलाडिहरुलाई मेडल +… नगद  द्वारा सम्मान गरिनेछ  ।)

यस कार्यक्रमलाई राम्रो र हाम्रो बनाउन आ आफ्नो ठाउँबाट प्रयत्न गर्ने कुरामा हामी विश्वास छौं । यहाँहरुको गरिमामय उपस्थितिले मात्रBBQ कार्यक्रम भब्य र सब्य रुपमा सम्पन्न हुने छ । अन्यमा यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।

BBQ कार्यक्रम निम्न मिति र स्थानमा आयोजना गरिएको छ ।

मिति -June 25 Sunday 2023

समय – दिउसो १ बजे देखि साझ ६ बजे सम्म

स्थानः- Foster Beach Park

शुल्क – $15 प्रति ब्यक्ति

धन्यवाद 

बिजेन्द्र बिक्रम राणा

महासचिब

CNFS