दशैं–तिहार विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रम – २०८२
अग्रिम अनलाइन टिकट खरिदका लागि तलका बटनहरू प्रयोग गर्नुस्
नियमित टिकट
नेपालबाट पाल्नुभएका आमाबुवाका लागि
नोट: नेपालबाट आएको बुबा–आमा का लागि ५०% छुट स्थलमै लागू हुनेछ। १० वर्ष मुनिका बालबालिका लाई निःशुल्क प्रवेश।
हामी सबै नेपालीहरूको महान् चाड विजया दशमी र शुभ दीपावली नजिकिँदै गर्दा, आफ्नो मायालु संस्कृति, परम्परा र एकआपसको आत्मीयता सम्झँदै सिकागोल्यान्ड नेपाली फ्रेन्डसिप सोसाइटी (CNFS) ले “दशैं–तिहार विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रम – २०८२” आयोजना गर्न लागेको छ।
नेपालमा हालै देखिएको असामान्य परिस्थिति र त्यहाँका पीडादायी घटनाप्रति सम्मान प्रकट गर्न, पहिले तोकिएको कार्यक्रम स्थगित गरिएको भए पनि, अब हामीले नयाँ उत्साहका साथ नयाँ मिति, स्थान र समयमा यो कार्यक्रम गर्ने निर्णय गरेका छौं।
यस कार्यक्रमलाई हामीले केवल रमाइलो र उत्सवका रूपमा मात्र होइन, बरु नेपाललाई सम्झने, नेपालका लागि केही गर्ने, र नेपालका पीडित मनहरूलाई सहयोग गर्ने साझा प्रयासका रूपमा अघि बढाएका छौं। त्यसैले, यस कार्यक्रमबाट संकलित बचत रकमको ५०% नेपाल पुनर्निर्माण कोषमा सहयोग गर्ने निर्णय गरिएको छ।
हामी शिकागो र वरपरका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस भव्य कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौं। तपाईंहरूको उपस्थिति र सक्रियताले मात्र यो कार्यक्रम सफल हुने विश्वास हामीले लिएका छौं।
कार्यक्रममा विशेष आकर्षणहरू
स्थानिय प्रतिभाशाली कलाकारहरूको रंगीन सांगीतिक तथा सांस्कृतिक प्रस्तुति
स्वादिष्ट नेपाली परिकारहरूको विशेष व्यवस्था
कार्यक्रम विवरण
• मिति: आइतबार, सेप्टेम्बर २८, २०२५
• स्थान: सेन्ट एन्ड्रयू ग्रीक अर्थोडक्स चर्च
5649 N Sheridan Rd, Chicago, IL 60660
• समय: दिउँसो २ बजेदेखि राति ९ बजेसम्म
टिकट विवरण
- अग्रिम तथा अनलाइन: $४०
- ढोकामा: $४५
- नेपालबाट आउनुभएको बुबा-आमाको लागि: ५०% छुट
- १० वर्ष मुनिका बालबालिकाहरू: निःशुल्क प्रवेश
स्थानीय कलाकार दर्ता
- दर्ता अन्तिम मिती: सेप्टेम्बर २५, २०२५
- सांस्कृतिक संयोजक: राजेश खनाल ( 224-392-3738 )
प्रायोजन वा थप जानकारीका लागि
- कार्यक्रम संयोजक: मणि घिमिरे ( 630-229-4942 )
- अध्यक्ष: नारायण खड्का ( 312-721-5974 )