शिकागोमा समर फुटबल प्रशिक्षण तालीम सम्पन्न

सन्ध्या राई कार्की, शिकागो, सेप्टेम्बर १५ –

विगत दुई महिना देखि शिकागोल्याण्ड फ्रेण्डशिप सोसाइटीले संचालन गरेको समर फुटबल प्रशिक्षण तालीम सम्पन्न भएको छ ।

 संस्थाका सल्लाहकार खेम पाठक तथा प्रथम उपाध्यक्ष जितेन्द्र विक्रम राणाको पहलमा संचालित सो तालीममा ३६ बालबालिकाहरु सहभागी भएका थिए ।  हिजो एक कार्यक्रमबीच सम्पन्न सो तालीममा सहभागीहरुलाई बालबालिकाहरुलाई प्रमाणपत्र प्रदानगरिएको थियो ।

 संस्थाका तृतीय उपाध्यक्ष तथा नेपालका भूतपूर्व राष्ट्रिय तेक्वान्डो खेलाडी गणेश थापाको संयोजकत्वमा संचालित सो तालीम समर सकिनुका साथै बालबालिकाहरुको स्कुलखुलेको अहिलेलाई सम्पन्न गरिएको हो । तर अर्को सालको समरमापुन यस्ता प्रशिक्षणहरु संचालनगरिने संयोजकले जानकारी दिनु भयो ।

कार्यक्रमको अवसरमा तालीमका प्रशिक्षक तथा नेपालका भूतपूर्व राष्ट्रिय फुटबल खेलाडी देवनाराण चौधरीले आगामी दिनमा पनि यस्ता प्रशिक्षण दिनु पर्ने धारणा व्यक्तगर्नु भयो । संस्थाकाअध्यक्ष वेनीमाधव कंडेलले प्रशिक्षकचौधरीलाई मायाको चिनो दिदैं यस्ता गतिविधिहरुलाई निरन्तरतादिने कुरा बताउनु भयो ।

SoccerCertificate

Enjoy Kids Soccer Training Videos