शिकागोमा सञ्चालन भैरहेको फुटबल प्रशिक्षण सम्पन्न

 सन्ध्या राई / शिकागो

विगत तीन महिनादेखि शिकागोको मिचिगन लेक क्षेत्रमा सञ्चालन भैरहेको फुटबल प्रशिक्षण सम्पन्न भएको छ । शिकागोल्याण्ड नेपाली फ्रेण्डशिप सोसाईटीको संयोजकत्वमा भएको यो फुटबल समर क्याम्पलाई एक कार्यक्रमको आयोजना गरि आज समापन गरिएको हो ।

शिकागोल्याण्ड क्षेत्रमा बसोबास गर्ने नेपाली बालबालिकाहरुलाई लक्षित गर्दै आयोजना गरिएको सो प्रशिक्षणमा ५१ जनाको सहभागिता रहेको थियो । समापन कार्यक्रमा सबै सहभागी बालबालिकाहरुलाई प्रमाणपत्र तथा विजेता टिमलाई तक्मा प्रदान समेत गरिएको थियो ।

सो प्रशिक्षणमा गत वर्ष झै यसपाली पनि नेपालका पूर्व राष्ट्रिय फुलबल टिमका खेलाडी देवनारायण चौधरीले प्रशिक्षकका भूमिका निभाउनु भएको थियो । समापन कार्यक्रममा बोल्दै उहाँले यसरी फुटबलसँग गाँसिईरहन पाउँदा आफूलाई नेपालमा नै रहेको आभाष भएको धारणा राख्नुभयो । यो तीन महिनाको अवधिमा सहभागीहरुले धेरै कुरा सिकेको प्रष्ट पार्दै आगामी दिनमा पनि आफ्नो सक्रिय भूमिका रहने भन्दै यसका लागि सबै एकजुट हुन समेत आग्रह गर्नु भयो ।

स्कूलहरु बन्द रहने यो समयको सदुपयोग होस भन्ने उद्देश्यले गतबर्ष देखि शुरु गरिएको यो प्रशिक्षण कार्यक्रममा उत्साहपूर्ण सहभागिता रहेको संस्थाका अध्यक्ष वेनीमाधव कँडेलले बताउनु भयो । समापन कार्यक्रममा बोल्दै अध्यक्ष कँडेलले आगामी वर्षहरुमा पनि निरन्तरमा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा संस्थाका पदाधिकारी, सल्लाहकार , सहभागी तथा अबिभावकहरुले पनि प्रशिक्षणको औचित्य र महत्वको बारेमा प्रकाश पार्नु भएको थियो ।

Media Coverage:
http://www.thenepaltoday.com/2015/09/blog-post_17.html
http://dcnepal.com/news/news.php?nid=165573
http://whitehimal.tv/90815-2/
http://himalipost.com/sports/2015/09/08/1199863/
http://brtnepal.com/news.php?pid=9751#sthash.hQG2XYVs.vTFFkVlG.dpbs